Rule 15
चाडपर्व खर्चः
(१) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले आफ्नो धर्म, संस्कृति र परम्परा
अनुसार मनाईने चाडपर्वको लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष
चाडपर्व खर्चको रुपमा पाउनेछ ।
(२) उपनियम (१) बमोजिमको रकम प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले एक
आर्थिक वर्षमा एक पटक आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाईने प्रमुख चाडपर्वको
अवसरमा भुक्तानी लिन सक्नेछ ।